Currently not available.
Contact us for further queries.वि.सं. २०३० मा तनहुँमा जन्मनुभएका डा. अवतार न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट २०५६ सालमा कानूनमा स्नातकोत्तर र २०५७ सालमा राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । त्यस्तै उहाँले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट "Banking Crime in Nepal" विषयमा विद्यावारिधि गर्नुभएको छ । २०५३ सालमा अधिवक्ताको प्रमाणपत्र लिई कानून व्यवसायमा संलग्न हुनुभएका लेखक तनहूँ जिल्ला अदालत वार एशोसिएशनको पूर्व उपाध्यक्ष तथा सर्वोच्च अदालत वार एशोसिएशनको पूर्व कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
नेपालमा आर्थिक तथा वाणिज्य कानको विषयमा विकास तथा सुधारका लागि अनुसन्धान गर्न रूचाउने लेखयौपानेका वाणिज्य तथा आर्थिक कानूनका विषयमा सयौँ संख्यामा लेख रचनाहरू प्रकाशित भएका छन् । उहाँले बैंक तथा वाणिज्य क्षेत्रका संघ संस्थाहरूमा कानून परामर्शदाताको भूमिका निर्वाह गर्नुका अलावा त्रिभुवन विश्वविद्यालय, नेशनल ल कलेजमा वाणिज्य कानून विषयमा अध्यापन गर्नुहुन्छ । उहाँका हालसम्म निम्न कृतिहरू प्रकाशित भइसकेका छन् ।
बैकिङ्ग कानूनमा सर्वोच्च अदालतको भूमिका (२०६०) कम्पनी कानून (२०६३, हाल तेस्रो संस्करण)
- Fiscal Law (2073)
- बैकिङ्ग कानून (२०७६)
- Text Book on Company Law (2076)
- Banking Law and Crime (2079)
Your review helps others make informed decisions
Click on a star to start your review