Injury Prevention & Control's front cover

Injury Prevention & Control

चोटपटक रोकथाम तथा नियन्त्रण
Injury Prevention & Control's front coverInjury Prevention & Control's back cover

Paperback

Rs 800

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

डा. पुष्पराज पन्त, डा. पन्तले त्रिभुवन विश्वविद्यालयबाट जनसङ्ख्या अध्ययन, स्कट्ल्याण्डको एबर्डीन विश्वविद्यालयबाट स्वास्थ्यसेवा र जनस्वास्थ्य अनुसन्धान विषयहरुमा स्नातकोत्तर र बेलायतको रोयल सोसाइटी फर द प्रिभेन्सन अफ एक्सिडेण्ट्स (रोस्पा) को अन्तर्राष्ट्रिय छात्रवृत्ति र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा नेपालमै पहिलो पटक जनसङ्ख्यामा आधारित चोटपटक रोकथाम विषयमा बेलायती विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । उहाँले अमेरिकाको हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ र जोहन्स हप्किन्स विश्वविद्यालय, स्वीडेनको क्यारोलिन्स्का विश्वविद्यालय र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट जनसंख्यामा र चोटपटक रोकथाम अनुसन्धानका विधि-पद्धति र नेतृत्वबारे तालीम प्राप्त गर्नुभएको छ। नेपालको जनसत्त्यामा केन्द्रित विभिन्न चोटपटकहरुबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरुमा उहाँका दर्जनौ अनुसन्धानहरु तथा चोटपटक विषयका पुस्तकमा अध्यायहरु पनि प्रकाशित छन् । वैज्ञानिक सोधमूलक कृतिका अतिरिक्त उहाँले समुदायसँग सहकार्यमा सर्वसाधारणका लागि सचेतना सामग्रीहरुको निर्माण गर्नु भएको छ भने विभिन्न सञ्चारमाध्यममा लेख रचना पनि प्रकाशित छन् । उहाँ हाल ब्रिटिश मेडिकल जर्नलको प्रकाशन इञ्जरी प्रिभेन्सन तथा सेज ओपन' र्जनलको सम्पादकीय बोर्ड सदस्य पनि हुनुहुन्छ । उहाँले सन् २०१३ देखि बेलायतको वेष्ट अफ इङ्ल्याण्ड विश्वविद्यालयद्वारा नेपालमा सञ्चालित विभिन्न अनुसन्धानहरूकालागि रिसर्च फेलोको रूपमा कार्यरत हुनहुन्छ भने नेपालस्थित नेक्सस इन्ष्टिच्यूट अफ रिसर्च एण्ड इनोभेसन (निरी नेपाल) को युनिट फर प्रिभेन्सन एण्ड लाइफ सेभिङ एक्टिभिटिजका सल्लाहकार पनि हुनुहुन्छ । उहाँसँग विगतमा नेपालस्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको समुदायस्तरीय खाद्यसुरक्षा निगरानी प्रणालीको अनुभव छ भने नेपालमा स्वास्थ्य कार्यकर्ता तालीम प्रदायक अग्रणी संस्था, इन्ष्टिच्यूट अफ कम्युनिटी हेल्थमा अध्यापनको पनि अनुभव छ।

डा. भगवती सेढाई, विगत २० वर्षदेखि पद्मकन्या क्याम्पसमा अध्यापनरत डा. भगवती सेढाईं उक्त क्याम्पसको जनसङ्ख्या अध्ययन विभाग प्रमुख एवम् एम. ए. कार्यक्रम संयोजक हुनुहुन्छ । डा. सेढाईं त्रिभुवन विश्वविद्यालयबाट नेपालको जनसङ्ख्यामा सडक दुर्घटना र तिनले पारेका प्रभावबारे विद्यावारिधि गर्ने पहिलो शोधकर्ता हुनुहुन्छ भने उहाँले नेपाली महिलाहरूको प्रजनन स्वास्थ्य अधिकार विषयमा दर्शनाचार्य पनि गर्नु भएको छ। उहाँसँग विश्व स्वास्थ्य संगठनको चोटपटक अनुसन्धान कार्यक्रम "मेण्टर भि.आइ.पी.", जलसुरक्षामा अग्रणी बेलायती संस्था आर.एन.एल.आई. द्वारा सञ्चालित 'ग्लोबल वाटर सेफ्टी लिडरशिप' र अमेरिकी संस्था इण्टरनेशल रोड फेडरेशन (आइ.आर.एफ.) बाट सडक सुरक्षा विषयमा विश्वस्तरीय क्षमता अभिवृद्धि तालिमको अनुभव छ। डा. सेढाईले विभिन्न समयमा नेपालमा सडक दुर्घटना, जलसुरक्षा एवम् चोटपटक रोकथामका लागि विभिन्न सरकारी एवम् गैरसरकारी निकायले तयार पार्ने नीति तथा रणनीतिको परामर्शदाताको अनुभव छ । डा. सेढाईं वैज्ञानिक अनुसन्धानमूलक संस्था नेक्सस इन्ष्टिच्यूट अफ रिसर्च एण्ड इनोभेसन (निरी) को युनिट फर प्रिभेन्सन एण्ड लाइफ सेभिङ एक्टिभिटिजका प्रमुख सल्लाहकार पनि हुनुहुन्छ। उहाँले नेपालमा चोटपटक विषयमा गर्नुभएका अनुसन्धानका शोधमूलक लेखहरु विभिन्न नेपाली र अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् भने थुप्रै विश्वस्तरीय सम्मेलनमा प्रस्तुती पनि गर्नुभएको छ । उहाँ हाल स्वास्थ्य मन्त्रालयको सडक दुर्घटना न्यूनीकरण र अस्पताल- पूर्व स्याहारसम्बन्धी उपसमितिको अध्यक्ष हुनुहुन्छ।

All Editions

9789937182454
Paperback
ISBN13: 9789937182454
NIRI, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review