Chanakya
ChanakyaChanakya

Chanakya

चाणक्य: ऐतिहासिक उपन्यास

E-book
Rs 235
Paperback
Rs 425
Genre:Historical Fiction
Language: Nepali
Published:2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937911344
ISBN10:9937911346
Pages:352
Weight:285 g

पुस्तकको बारेमा

विश्व विजय गर्दै भारत आइपुगेका अलेजेण्डर उर्फ सिकन्दरको विशाल सेनालाई भारतवर्षबाट कसरी लखेटियो भन्ने बारेको गाथा छ ।
राज्य संचालकहरुले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको प्रष्ट मार्गदर्शन छ । चन्द्रगुप्त मौर्यको नेतृत्वमा मगध साम्राज्यको स्थापना कसरी गरियो भन्ने बारेमा रोचक इतिहास छ । करभिका नामकी नारी पात्रको अलौकिक सहास र त्यागको रोचक वर्णन छ ।

पेरिस विश्वविद्यालयबाट डी.लिट्.गरेका डा. सत्यकेतु विद्यालङ्कार (सन् १९०३-१९६४) गुरूकुल काँगडी विश्वविद्यालयका स्नातक हुन् । सोही विश्वविद्यालयमा उनी लामो समय भाइस चान्सलर रहे। उत्तर प्रदेश विधान परिषदका सदस्यसमेत रहिसकेका उनले पूर्वीय इतिहास र राजनीतिक विषयका ३६ भन्दा बढी कृति लेखेका छन् । मौर्य साम्राज्यको इतिहास, प्राचीन भारतको शासन-पद्धति र राजशास्त्र, प्राचीन भारतीय इतिहासको वैदिक युग, भारतीय संस्कृतिको विकास, चाणक्य आदि उनका प्रसिद्ध कृति हुन् ।

उत्तर प्रदेश सरकारद्वारा गोविन्दवल्लभ पन्त पुरस्कार, हिन्दी साहित्य सम्मेलद्वारा मंगलाप्रसाद पारितोषिक, मध्यप्रदेश सरकारद्वारा मोतीलाल नेहरु पुरस्कार आदिबाट सम्मानित उनी आफ्नो समयका विशिष्ट विद्वानका रुपमा परिचित थिए ।

पूर्वीय सभ्यताका अब्बलकोटिका नीतिज्ञ एवम् चिन्तक हुन् आचार्य विष्णुगुप्त चाणक्य । घोडाबाहेक छिटो यात्राको अर्को साधन नभएको त्यो युगमा उनले समुद्रदेखि हिमालयसम्मको सिङ्गो भारतवर्षमा एउटै राज्यको परिकल्पना गरी मौर्य वंशको पुनर्स्थापना गरेका थिए । विश्वका कयौँ भाषामा अनुवाद भइसकेको यो उपन्यास मूलतः विश्वविजय गर्दै भारत प्रवेश गरेका सिकन्दरलाई कसरी लखेटियो र थुप्रै प्रान्तीय राजाहरूको एउटै संघ कसरी बन्यो भन्ने कुराको सेरोफेरोमा केन्द्रित छ । चाणक्यको जीवनशैली, उनको कालजयी जीवन-दर्शन र त्यसबेलाको समाज बुझ्नका लागि कृति अति उपयोगी छ । एकै बसाइमा पढ्न सकिने यसका प्रत्येक पानाले पाठकलाई जीवन-उपयोगी सूत्र सिकाउँछन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

झन्डै पच्चीस सय वर्षअघि विश्वविजेता अलेक्जेन्डरलाई भारतवर्षबाट धपाएर मौर्य गणराज्यको स्थापना गर्ने चाणक्य नीतिकुशलतामा प्रसिद्ध मानिन्छन् । विश्वका महान् चिन्तकहरूमध्येमा गणना हुने उनी मौर्य गणराज्यका महामन्त्रीसमेत भएका थिए। 

उनै चाणक्यले आफ्नो जीवनमा लागू गरेका उपयोगी नीतिहरूको सङ्ग्रह हो- चाणक्य नीति । 

राज्यनीति, कूटनीति, व्यापारनीति, व्यवहारनीति आदिका बारेमा गहिरो ज्ञान दिने 'चाणक्य नीति' आर्यसभ्यताको निधि हो । यसभित्रका श्लोकहरू मान्छेलाई ‘मान्छे' बन्न उत्प्रेरित गराउने खालका छन् । कतिपय श्लोकले त सुतेको स्वाभिमान र आत्मगौरवलाई जुरूक्कै उठाइदिने सामर्थ्य राख्छन् । 

पुस्तकमा संस्कृतका श्लोकहरूको भावानुवादसँगै त्यसको व्याख्यासमेत समावेश गरिएको छ । यस कारण पनि यो पुस्तक अलि विशेष बन्न पुगेको छ।

RELATED BOOKS