Char Veda ko Saar
Char Veda ko SaarChar Veda ko Saar

Char Veda ko Saar

चार वेदको सार

E-book
Rs 345
Paperback
Rs 775
Genre:Religion
Language: Nepali
Published:September 2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937916226
ISBN10:9937916224
Pages:504
Weight:500 g

पछिल्लो बाहिरी पृष्ठबाट

वेदमा नारीको स्थान के छ ? भौतिक आविष्कार र विज्ञानका बारेमा वेदले के भन्छ ? तन्त्रसाधनालाई कसरी व्याख्या गरेको छ ? छुवाछूत र धर्म-संस्कारका बारेमा वेदले के बोलेको छ ? 

जीवन र जगत्का बारेमा सूक्ष्मतम् रूपले व्याख्या र विश्लेषण भएको उत्कृष्ट ग्रन्थ हो- वेद । सदीयौंदेखि ऋषि परम्पराबाट पुस्ता हस्तान्तरण हुँदै आएको वेद पूर्वीय सभ्यताको अमूल्य निधि हो । वेदभन्दा प्राचीन अर्को कृति अहिलेसम्म फेला परेको छैन । वेदभित्र जेजति कुरा छन्, ती अन्यत्र कहीं छैनन् । 

पश्चिमाजगतले समेत उच्चसम्मान र उच्चमूल्याङ्कन गर्दै आएको छ वेदलाई। यही वेदका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ छौं । यसलाई हामीले हिन्दू धर्मग्रन्थका रूपमा मात्रै बुझ्दै आयौँ । संस्कृतका श्लोकमा, मोटा ठेलीहरूमा भएकाले पनि आममानिसका लागि वेद सहज हुन सकेन । 

प्रस्तुत पुस्तक अहिलेका व्यस्त पाठकको रूचिलाई ख्याल गर्दै सरल रूपमा तयार गरिएको छ । माथि उल्लेख गरिएका प्रश्नहरूको उत्तर खोजिएको छ । चार वेदका महत्त्वपूर्ण र सारभूत कुरा बुझन यस पुस्तकले पक्कै मद्दत गर्नेछ ।

RELATED BOOKS