Currently not available.
Request this bookबुलाकी नाकमा लगाइने सुनको गहना हो। पुरातनवादी मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई एर्लिन ‘पिजंडा’को विम्ब मान्छिन्।
महिलालाई बुलाकी जस्तो गहनाको प्रलोभनले युगौंसम्म कैद गर्न खोजेको उनको तर्क छ। बुलाकी महिला भएकै कारण सहनुपर्ने हिंसा र उत्पीडनका उल्झनहरु फुकाउँदै सुन्दर भविष्यको कल्पना गरिएको काव्यात्मक अभिव्यक्ति हो।
संग्रहमा भएका कविताहरु दुई फरक सन्दर्भमा विभाजन गरेर अध्ययन गर्नुपर्ने खालका छन्। पहिलोमा विभिन्न पृष्ठभूमिका महिलाहरुको उत्पीडनका कथाहरुको प्रतिध्वनित आवाज भेटिन्छ।
दोस्रो सन्दर्भका कविताहरुले तीनै महिलाले आफ्नो दुःखद वर्तमानसँग लड्ने अठोट र संकल्पलाई बुलन्द पारेका छन्। यसर्थ ‘बुलाकी’ महिलाहरुको प्रतिनिधि आवाज बोल्ने संग्रह हो। विभेदपुर्ण समाजीकिकरणमा महिलाले व्योहोर्नुपरेका हरेक खालका विभेद विरुद्ध समानताका लागि संघर्ष गर्न उत्प्रेरणा दिन्छ।
Your review helps others make informed decisions
Click on a star to start your review