Bridha Manobigyan ra Sahitya

Bridha Manobigyan ra Sahitya

वृद्ध मनोविज्ञान र साहित्य

Paperback
Rs 220
Genre:Non-fiction
Language: Nepali
Published:February 04, 2023
Edition:1st
Paperback
Pages:123

पुस्तकको बारेमा

पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसको जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविश्लेषण तथा साहित्यमा तिनको प्रयोगको विषय समेटिएका छन् ।

कृष्णमुरारी गौतमका अनुसार उमेरिँदै वा वयको उकालो चढ्दै जाँदा मन, वचन र कर्ममध्ये वचन र कर्मको माध्यमबाट अनुभूत हुने जीवनका नौ रसको मात्रा घट्दै गए पनि मनको सक्रियतामा कमी आउँदैन बरु बढेर जान सक्छ । जीवनका विभिन्न परिवेश र परिस्थितिका माध्यमहरूको आपसी सक्रियतामा आउने असन्तुलनले बुढ्यौली उमेरमा मानिसको बोली र काम पनि अव्यहारिक या असन्तुलित देखिन थाल्छन् । यो अवस्था बुढाबुढी आफूलाई र उनका नजिक रहेका अरूका लागि पनि पीडादायी हुन सक्छ । यस्तो अवस्थामा अनुभूत भएका अनुभूतिलाई मनोविज्ञान पद्धतिबाट हेर्नु र विश्लेषण गर्नु नै वृद्ध मनोविज्ञानको पृष्ठभूमि हो भन्न सकिन्छ ।