Delivery in 1-3 days
"इन्द्रबहादुर राईले ३२ वर्षको पाको उमेरमा आफ्नो जीवनको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ लेख्नुभयो । ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राईको मात्र नभई नेपाली साहित्यकै एउटा परिपक्व साथै फरक शिल्पको कथा मानिन्छ । नेपाली कथा लेखनको क्षेत्रमा इन्द्रबहादुर राईको आगमन हुनुभन्दा पहिले प्रायः परिपाटीबद्ध र इतिवृत्तान्तआश्रित यथार्थवादी कथाहरू लेखिँदै गरेका पाउँछौ । सन् १९६० मा प्रकाशित इन्द्रबहादुर राईको कथासङ्ग्रह ‘विपना कतिपय’भित्र सङ्गृहीत कथाहरू पारम्परिक, परिपाटीबद्ध नेपाली कथाहरूभन्दा भिन्न देश-काल-परिस्थिति र परिवेशको सूक्ष्म-गहन साथै विस्तृत विवरण (Detail) अङ्कन गरी यथार्थ्यलाई अझ विश्वसनीय बनाउने प्रयोगात्मक शिल्पमा संरचित हुन्छन् । 'विपना कतिपय'को पहिलो संस्करणमा प्रकाशित जम्मा १० कथाहरूमध्ये- ‘रातभरि हुरी चल्यो’, ‘सपना शक्ति’, ‘जारः भएकै एउटा कथा’, ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’, ‘चपरासी’, ‘मेरी दिदी’, ‘ज्ञानेन्द्रको कथा’ आदिले प्रबुद्ध पाठकहरूमाझ ठूलो चर्चा अनि प्रशंसा बटुल्न सफल भएका हुँदा कथाकार राईले 'विपना कतिपय'को सन् १९७० मा प्रकाशित दोस्रो संस्मरणमा १३ कथा थप्नुभई कथाको सङ्ख्या २३ पुयाउनु हुन्छ । 'विपना कतिपय'को यस संस्करणसम्म आइपुग्दा नेपाली कथासहित्यमा अनेकौँ युगान्तकारी प्रयोग तथा परिवर्तनहरू भइसकेका छन् तापनि यस सङ्ग्रभित्रका कथाहरूले विगत साढे ६ दशकदेखि नेपाली कथाका भिन्न स्वादका पारखी पाठक, समीक्षक एवम् सर्जकहरूलाई निरन्तर आकर्षित गरिरहने शक्ति भने अझै आफूमा कायम राख्न सफल छन् ।"
Your review helps others make informed decisions
Click on a star to start your review