Delivery in 1-3 days
एनआरएन अजम्बरी संस्थाको रूपमा विकसित भइरहेको छ । कहिलेकाहीँ काम गर्ने व्यक्ति क्यामरामेन जस्तै भएको हुन्छ । खिचेको भिडियो/फोटो अरुले हेर्छन् तर खिच्नेलाई चिन्दैनन् । धेरै मान्छेलाई थाहा भए पनि धेरै मान्छेलाई थाहा नहुन सक्छ । एनआरएनको जनक हो : भीम उदास।
-कमल ढकाल, अध्यक्ष, लेखन कुञ्ज
अहिलेको समय कलि युग हो र कलि युगको शक्ति भनेको सङ्गठन नै हो । विनासङ्गठन अहिले केही पनि काम हुँदैन । प्रवासमा रहेका नेपालीलाई नेपालसँग जोड्न पनि सङ्गठन नै चाहिन्छ । त्यसको लागि छरिएर रहेका नेपालीसँग जोडिनु पर्छ ।
दुःखको गहिराइबाट आएको सङ्गीत साह्रै मीठो हुन्छ । यो भनाइ मलाई पनि लागु भयो । इराक जान लागेको म आर्मेनिया पुगेँ । मनमा दुःख लागेको थियो तर त्यही दुःखको गहिराइबाट सुन्दर सपना जन्मियो । विश्वभर छरिएर रहेका नेपाली खोज्ने । खोजेरै छाड्ने यो दृढतामा जुन जुन सहर वा देश पुगेँ त्यहीं खोज्न थालेँ म नेपाली । छरिएर रहेका नेपालीको मोतीको माला बन्यो एनआरएन ।
-यसै पुस्तकबाट
Your review helps others make informed decisions
Click on a star to start your review