Delivery in 1-3 days
विक्रमीको २०४२ साल आश्विन २ गते दधिकोट-२ भक्तपुरको धिमाल परिवारमा माता सरस्वती र पिता नारायणप्रसादका पुत्ररत्नका रूपमा जन्मिएका विनोदप्रसाद धिमालको साहित्यिक क्षेत्रमा प्रचलित नाम हो स्पन्दन विनोद | स्पन्दन विनोद रोजगारीको सिलसिलामा युरोपीय भूमिमा रहँदै आएका छन् । आफ्नो अध्ययनको खास क्षेत्र स्वास्थ्य चिकित्साविज्ञानसँग सम्बन्धित भए तापनि साहित्यिक क्षेत्रमा सिर्जनात्मक क्षमता भएका क्रियाशील प्रतिभा हुन् स्पन्दन । यिनको कलम गजल छन्दोबद्ध कविता र कविताका अन्य प्रचलित प्रविधा उपविधाहरूमा चलिरहेको देखिन्छ । आधुनिक नेपाली गजलको शुद्धिकरण अभियानमा यिनको सक्रिय आवद्धता रहेको देखिन्छ भने कविताका नवोद्भव प्रभेदहरूको संरक्षण र संवर्द्धनमा पनि यिनको सहयोगी भूमिका उल्लेखनीय छ । नेपाली साहित्यकार विश्वसञ्जाल नामक सामाजिक सञ्जालको परिकल्पनाकार र सञ्चालक समेत रहेका स्पन्दन विनोदले यस सञ्जालका माध्यमवाट धेरैलाई प्रतिभा प्रस्तुत गर्ने अवसर दिँदै आएका छन् । यिनको यो खालको योगदान आफैमा श्लाघनीय छ ।
- डा. घनश्याम न्यौपाने 'परिश्रमी
Your review helps others make informed decisions
Click on a star to start your review