Bartmaan ko Shakti's front cover
Bartmaan ko Shakti's front coverBartmaan ko Shakti's back cover

Bartmaan ko Shakti

वर्तमान को शक्ति: आध्यात्मिक रूपान्तरणको सरल मार्ग
Paperback
Rs 695
Delivery in 1-3 days
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937160872
ISBN10:9937160871

पछिल्लो बाहिरी पृष्ठबाट

सुन्दरभन्दा सुन्दर अनुभवहरू आउँदै जाँदै गरिरहन्छन् । कुनै पनि अनुभवभन्दा अझै धेरै मौलिक अनुभव भित्री मनमा प्रवाहित भइरहन्छ । यस्तो अनुभवले त्यस रातपछि मलाई कहिल्यै छाडेन ।

कहिलेकाहीँ अनुभव निकै तीव्र र घनीभूत हुन्छ । यस्तो लाग्छ, यसलाई स्पर्श गर्न सकिन्छ र अरूले पनि महसूस गर्न सक्छन् । अरू बेला यस्तो अनुभव भित्री गहिराइमा, टाढा बजिरहेको संगीतको सुस्त धुनझें बगिरहन्छ ।

पछि अनेक अवसरमा मानिसहरू आएर भन्न थाले, मलाई तपाईंसँग भएको जस्तै अनुभव चाहियो। के तपाई मलाई त्यो चीज दिन सक्नुहुन्छ ? अथवा, के तपाईं मलाई त्यो चीज कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउन सक्नुहुन्छ ?"

म भन्थें, 'तपाईसँग त्यो चीज पहिल्यैदेखि नै छ। तपाईंको मनले गरेको ठूलो हल्लाका कारण सुन्न नसक्नुभएको मात्रै हो।' वास्तवमा, यही उत्तर विकसित भएर यस पुस्तकका रूपमा आएको हो, जुन यतिखेर तपाईको हातमा छ ।