Baikalpik Soch's front cover

Baikalpik Soch

वैकल्पिक सोच: विचार, व्यवहार, व्यवस्थापन र विश्लेषण
Baikalpik Soch's front coverBaikalpik Soch's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो धरतीको सबैभन्दा सक्षम व्यक्ति तपाईं आफैँ नै हो । तपाईं आफैँ एउटा सिङ्गो विश्वविद्यालय पनि हो ।

यदि तपाईं हरेक विषयमा 'विकल्प' खोज्नुहुन्छ भने अङ्कगणितीय तरिकाले आफ्नो मूल्य र माग बढाउन सक्नुहुन्छ । यदि 'विकल्प' खोज्न सक्नुहुन्न भने निरीह बनी आफ्नो जीवनलाई आफैँले भुल्नुहुनेछ । काम गर्ने र विकल्प खोज्नेहरूलाई मात्र 'धोका' र 'मौका' दुवै मिल्छ ।

त्यसैले समस्या पर्दा नडराउनुहोस्, नआत्तिनुहोस्, नभाग्नुहोस् । जिम्मेवारी लिनुहोस्, नरोकिनुहोस्, अगाडि बढ्नुहोस् । त्यही व्यक्तिले नै जितको इतिहास लेख्छ । पुस्तकको मुख्य सार नै यही हो ।

हाम्रो देश अहिले 'मणि' हराएको नाग र 'वाणी' हराएको नेताजस्तै भएको छ । युवावर्ग सेलाएका कारण वृद्धावर्ग राजनीतिमा मौलाए । दक्ष युवा जनशक्ति पलायन हुँदा वृद्धाहरूको देश बन्दै छ । वस्तु आयात र युवा श्रमशक्ति निर्यात गर्ने देश बनेको छ ।

हरेक सक्षम व्यक्तिका वैकल्पिक सोच, विचार, व्यवहार, चिन्तन, सपना, योजना र सक्षम व्यवस्थापनले मात्र देश बन्छ ।

देशको चिन्तन गर्ने डा. राजेन्द्र केसीको लामो समयको अध्ययन, अनुसन्धान, अनुभव, ज्ञान, खोज र विश्लेषणको निचोड हो यो पुस्तक । 

तपाईं आफू र आफ्नो समाज रूपान्तरण तथा देश निर्माणमा यो पुस्तक वर्तमान र भविष्यका लागि मार्गदर्शन हुनेछ । युवावर्गलाई स्पष्ट दिशानिर्देश गरेको यो पुस्तक आज होइन, अहिल्यै नै पढ्नुहोस् ।

All Editions

9789937982481
Paperback
ISBN13: 9789937982481
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review