Delivery in 1-3 days
लेखक परिचय
युवराज लौडारी २०५८ सालदेखि सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ । २०३२ सालदेखि प्राथमिक तहबाट अध्यापन सुरू गरेका लौडारीले २०४२ सालमा त्रिविविबाट बिएड (अङ्ग्रेजी विषयमा) गरी तत्कालीन निमावि र मावि तहमा अध्यापन गराउनु भएको थियो । उहाँले प्राथमिक शिक्षा परियोजनाअन्तर्गत विभिन्न जिल्लाहरूमा कार्यक्रम संयोजक, अनौपचारिक शिक्षा एकाइ र स्रोत केन्द्र विकास एकाइ (BPEP) मा विशेषज्ञका रूपमा कार्य अनुभव सँगाल्नु भएको छ । लौडारीले आफ्नो पेसागत जीवनको आधाभन्दा बढी अवधि तालिमका लागि खर्चिनु भएको छ । 'बालमैत्री विद्यालय', 'मेलमिलाप (Mediation )', 'कार्यक्रम व्यवस्थापन', अनुगमन र मूल्याङ्कन', 'जीवनोपयोगी सीप' र 'Peace / Human Rights/ Civics Education’ विषयमा दक्ष लौडारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिम लिनु भएको छ । लौडारी बालमैत्री विद्यालय र बालकेन्द्रित सिकाइ प्रक्रियाका कुशल प्रशिक्षक र सर्जकका रूपमा चिनिनुहुन्छ । यो उहाँको सहलेखनमा प्रकाशित कृति हो ।
लेखक परिचय
पवनकुमार अधिकारीले २०५१ सालदेखि गैरसरकारी संस्थाबाट आफ्नो पेसाको सुरूवात गर्नुभएको हो । उहाँले त्रिविविबाट व्यवस्थापनमा एमबिए, समाजशास्त्रमा एमए र बिएड गर्नुभएको छ । आफ्नो पेसागत जीवनको आधाभन्दा बढी अवधि तालिमका लागि खर्चेका अधिकारीले बालमैत्री विद्यालय', 'जीवनोपयोगी सीप', 'आपत्कालीन अवस्थामा शिक्षा' लगायत थुप्रै विषयमा स्वदेश तथा विदेशबाट तालिम लिनु भएको छ । अधिकारी बालमैत्री विद्यालय र बालकेन्द्रित सिकाइ प्रक्रियाका कुशल प्रशिक्षक र सर्जकका रूपमा चिनिनु हुन्छ । बालबालिकाका लागि क्रियाकलापहरूको विकास र शैक्षिक सामग्री निर्माणमा उहाँको विशेष दक्षता छ । यो उहाँको सहलेखनमा प्रकाशित कृति हो ।
Your review helps others make informed decisions
Click on a star to start your review