Currently not available.
Contact us for further queries.यो आत्मकथामा राजेन्द्र बाबुको बाल्यकालभित्र बिहारको सामाजिक रीति-रिवाजको, संकुचित चलनले उत्पन्न हुने नोक्सानी, त्यसबेलाको गाउँले जीवनको, धार्मिक ब्रतादीको, त्यस बेलाका बच्चाको जीवन र शिक्षाको अवस्था जस्ताको तस्तै चित्रण भएको पाइन्छ । उक्त चित्रमा सरलता र खानदानका साथै रमाइलो र दुःख उत्पन्न गर्ने परिस्थितिको मिश्रण भएको भेटिन्छ। साथसाथै आजभोलि हिन्दु र मुसलमानका बिचमा भएको भेदभावको जुन खाडल बढ्दै गएको देखिन्छ, अभाव र दुवै जातका बिचको शुद्ध स्नेहको चित्रण यस आत्मकथामा छ । त्यसले आँखालाई शीतल पुऱ्याउने भएतापनि दुर्भाग्यले आज लुप्त हुँदै गइराखेको छ ।
सन् १९०५ मा भारत छोडोको जमानादेखि नै राजेन्द्र बाबुमाथि देशभक्तिको रङ पोतिन थालेको थियो । त्यतिबेलादेखि नै उनी आफ्नो जीवनमा लगातार अगाडि बढ्दै नै जानुभयो । सन् १९१७ मा चम्पारनको झगडामा वहाँले गान्धीज्यूको पाइला पछ्याएर सरलता (जोगित्व) धारण गर्नुभयो । वहाँको आत्मकथा हाम्रो देशको पछिल्लो तीस वर्षको सार्वजनिक जीवनको इतिहास बन्यो ।
स्वतन्त्र भारतको प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको जीवन र तात्कालिक सामाजिक जीवन, मूल्य एवं रीतिरिवाजको प्रतिबिम्ब प्रस्तुत गर्दछ वहाँको यो आत्मकथाले ।
Your review helps others make informed decisions
Click on a star to start your review