Delivery in 1-3 days
उदारता, सौहार्द्रता, सहिष्णुता, मानवीय गरिमाको सम्मान, समभाव तथा परोपकार जस्ता गुणहरूले मानिसको वास्तविक सुन्दरता झल्काउँछन् । जसले यी गुणहरूको विकास गरी व्यवहारमा रूपान्तरण गर्छ उसले आदरभाव आर्जन गर्छ । असलपन मुख्यतः स्वच्छ चरित्र, नैतिकता, निष्ठा, नम्रता वा शालीनता, सकारात्मक दृष्टिकोण, मानवीय मूल्यमान्यताप्रति आदर, इमानदारी, विनयशीलता, शिष्टता र सहयोगीपन आदि र अन्तर्वैयक्तिक सम्बन्ध कायम गर्ने, व्यवहारलाई नैतिकतापूर्ण बनाउने र आदर्श मानवीय स्वभाव विकसित गर्ने सिपसँग सम्बन्धित हुन्छ ।
प्रभावकारिता स्वयं सहयोगको महत्त्वपूर्ण पक्ष हो । यो सफलता, लक्ष्य प्राप्ति साथै त्यसबाट आर्जित आत्मसन्तोषको योग हो। यो अन्तर्वैयक्तिक सम्बन्धलाई मर्यादित, गरिमामय र निष्ठापूर्ण बनाई जीवनका लक्ष्यहरू हासिल गर्ने क्षमता हो ।
मानिससँग हुने सबैभन्दा शक्तिशाली कुरा उसको विचार हो यसमा विश्व बदल्ने शक्ति हुन्छ । विचारले मानिसको गन्तव्य तय गर्छ । यसले मानिसलाई ठुला अन्वेषण गर्न, सिर्जना गर्न, अनुभव गर्न, विनाश गर्न र सफलताको शिखर वा असफलताको दलदलमा पुऱ्याउन सक्छ ।
जीवनको सार्थकताबारेको प्रश्नमा हामीले के पायौँ र के जुटायौँ भन्नेभन्दा बढी समाज र अरूको हितमा के गर्न वा योगदान गर्न सक्यौं, उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गरी नैतिक कर्मका माध्यमबाट आफूलाई वर्तमान स्थितिबाट माथि उठाउन र अरूको भलाइ हुने काममा कति लगाउन सक्यौं र के पहल गर्यो भन्ने आधारमा विवेचना गर्नु उचित हुन्छ ।
सकारात्मक सोच हुनेले जुन पेसा/व्यवसाय अपनाए पनि त्यसप्रति गर्व गर्न, सफलता पाउन र सानो सानो सफलतामा प्रसन्नता अनुभव गर्न सक्छ । कुनै पनि पेसालाई ठुलो सानो मान्दैन । आफ्नो पेसा/व्यवसायप्रति गुनासो गरेर अरू कसैले उम्काइदिन्छ भन्ने सोच राख्दैन ।
जीवनमा के गर्ने के नगर्ने निर्णय गर्ने स्वतन्त्रता हामी सबैलाई छ । तर यो निर्णयबाट सिर्जना हुने परिस्थिति र नतिजा भोग्नबाट हामी उम्किन सक्दैनौं । त्यसैले निर्णय गर्नुपूर्व सम्भाव्य नतिजा मैले भोग्न सक्ने खालको छ छैन भन्ने कुराको ख्याल राख्नु पर्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review