Delivery in 1-3 days
पेशाले गणित शिक्षक शर्मा पोखराभन्दा पश्चिम पहाडी गाउँमा बस्छन्, हल्ला र चर्चाभन्दा पर रहेर अध्ययन गर्छन् । आफ्नो पेशागत कामबाट फुर्सत हुने बित्तिकै गजलको दुनियाँमा हराउँछन्, हिमाली हावासँग मिसिएको आफ्नै सुरमा गुनगुनाउँछन् । अलि लामो विदा हुँदा एक्लै घुम्न निस्कन्छन्, हप्तौं हराइदिन्छन् । एक्लै रमाउँछन् । उनलाई भीडसित मोह छैन । न प्रशंसाको आश छ न त आलोचनाको त्रास । यतिसम्म कि उनको किताब चिन्ने र विचारमा सहमत हुनेले पनि उनलाई चिनेका छैनन् । उनी हल्ला गरेर चिनिन पनि चाहन्नन् ।
अरुज विज्ञानले नेपाली गजललाई दिशाहीनताबाट राजमार्गमा ल्याइदिएको छ । पछिल्लो समय नेपाली गजलमा सबैभन्दा बढी चर्चा, प्रशंशा र आलोचना उनको यही किताबले उठाएका विषयमा हुने गर्छ । उनी भन्छन्, “नेपाली गजलले अब बाटो खोज्न भौतारिनु पर्दैन, गन्तव्य भेट्नको लागि उत्साहपूर्वक आफ्ना पाइला चाले हुन्छ ।"
Your review helps others make informed decisions
Click on a star to start your review