Antithesis's front cover
Antithesis's front coverAntithesis's back cover

Antithesis

एन्टिथेसिस: ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म
Paperback
Rs 595
Genre:Self-help
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937340021
ISBN10:9937340020
Weight:198 g
Published: July 02, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

मस्तिष्क प्राणीको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । वयस्क मान्छेको मस्तिष्कको सरदर तौल १२ सयदेखि १४ सय ग्राम हुन्छ । मान्छेको मस्तिष्कको लम्बाइ १५ सेन्टिमिटरसम्म हुन्छ । भरखरै जन्मिएका बालबालिकाको मस्तिष्कको सरदर तौल ३ सयदेखि ४ सय ग्रामसम्म हुन्छ । मानव मस्तिष्कमा करिब एक खर्ब न्युरोन रहेको विश्वास गरिन्छ । मानव मस्तिष्क सम्भावनाले भरिपूर्ण हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्टक (एनआइएच) का अनुसार मस्तिष्क विज्ञहरूको एक समूह हो । मस्तिष्कका सबै भागले एकसाथ र सँगसँगै काम गर्दछन् । भलै, हरेकको फरकफरक विशेष जिम्मेवारी हुन्छ । मानव मस्तिष्कमा करिब २.५ पेटाबाइट क्षमता हुन्छ । १ पेटाबाइट भनेको १ मिलियन जिगाबाइट (जिबी ) हो । अतः २.५ पेटाबाइट भनेको करिब २५ लाख जिबी हो । मानव मस्तिष्कको क्षमता ठीक ढङ्गले बुझ्न कम्प्युटरको क्षमतासँग तुलना गरेर हेर्दा सहज हुन्छ । २५ लाख जिबी भनेको ५ सय जिबी क्षमताको ५ हजार वटा ल्यापटप हो । यसको अर्थ एउटा मान्छेको मस्तिष्कमा ५ हजार वटा ल्यापटपको बराबर क्षमता हुन्छ ।