Antim sanjha's front cover

Antim sanjha

अन्तिम साँझ
Antim sanjha's front coverAntim sanjha's back cover

Paperback

Rs 700

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

अन्तिम साँझ मानव जीवनका अन्तिम क्षणहरूमा उत्पन्न हुने स्मृति, पश्चात्ताप र स्वीकार्यताको गहिरो अध्ययन हो। यहाँ समाविष्ट कथाहरूले समयसँगै बदलिंदो चेतना, सम्बन्धहरूको क्षणभङ्गुरता र मौनताभित्र लुकेका भावनात्मक सत्यहरूलाई सूक्ष्म रूपमा उजागर गर्दछन् । पाठकले यी कथाहरूबाट जीवनका निर्णयहरू, उत्तरदायित्व र सम्बन्धप्रतिको संवेदनशीलताको महत्त्व बुझ्न सघाउँदछन् । साथै कथाहरूले मृत्यु र अन्त्यलाई केवल शोकको विषय नबनाई आत्मबोध र मानवीय परिपक्वताको प्रक्रियाका रूपमा पुनर्व्याख्या गर्दछन् । यसर्थ, अन्तिम साँझ आत्मचिन्तन, मानवीय मूल्य र जीवनप्रतिको सजगताको पाठ पढाउने आख्यान कृति हो । लेखकको अफगानी रणमैदान जस्तै यो कथासङ्ग्रहले पनि पाठकहरूको मन जित्ने सफलता प्राप्त गरोस्, हार्दिक शुभकामना ! -रोचक घिमिरे

अन्तिम साँझ स्मृति, प्रेम, पश्चात्ताप र समयको निर्दयी प्रवाहबीच उभिएको कथात्मक यात्रा हो। पात्रहरू आफ्ना अधुरा सपना, छुटेका सम्बन्ध र नबोलेका सत्यसँग अन्तिम पटक आमने-सामने हुन्छन् । यो कृति जीवनको अन्त्य होइन, जीवनलाई बुझ्ने अन्तिम अवसरको कथा हो। तमाम डायस्पोरामा बस्ने पुराना र नयाँ पुस्तामाझ त्यहाँको परिवर्तनीय समाज, संस्कृतिलाई अनेक कथामा उतारेर कथाकारले कथामार्फत स्वदेशमा फर्काउने एउटा अभियान चालेको पाउन सकिन्छ । सामाजिक यथार्थ, मनोवैज्ञानिक गहिराइ र भावनात्मक संवेदनाले भरिएको अन्तिम साँझले पाठकलाई आफ्नै जीवनका साँझहरूसँग संवाद गर्न बाध्य बनाउँछ । यो केवल कथा होइन, यो हामी सबैको कुनै न कुनै अन्तिम साँझ हो । केदार सङ्केतको एथेन्सको करी र अफगानी रणमैदान म जसरी भक्कानिए त्योभन्दा बढी यो सङ्ग्रहमा भावुक भएको छु। -श्रीओम श्रेष्ठ 'रोदन'

साँझ पर्दै छ शहर बोलिरहेको छैन, मौन छ, हराउँदै छ अन्तिम साँझ कुनै घटनाको कथा होइन, एक क्षणको फ्रेम हो जहाँ पात्रहरू बोल्न खोज्छन् तर शब्दहरू समयमै आइपुग्दैनन् । यहाँ विछोड बाध्यता हैन तर चुपचाप यो क्रम चलिहरन्छ । केदार सङ्केतले यस कथामा मैले चलाएका विभिन्न जातका क्यामेराजस्तै भाषा प्रयोग गरेका छन्, नजिकिँदा मौन देखिन्छन्, टाडिँदा स्मृति झन् स्पष्ट देखिन्छन्। साँझ यहाँ केवल समय होइन, निर्णय हो र निर्णयपछि कथामा बाँकी रहन्छ केही कतै मधुरो, अधुरो र कतै उज्यालो भएर अन्तिम साँझ पढ्नु भनेको आफ्नै जीवनका केही फ्रेमहरू फेरि एक पटक पढ्नु हो, हेर्नु हो। -प्रकाश सायमी 

दर्शन मनोविज्ञान र भावको समायोजनमा विनिर्मित कथाहरूको सङ्ग्रहका रूपमा प्रकट भएको छ काथाकार केदार सङ्केतको नवीनतम कृति अन्तिम साँझ कथा आफैमा प्रबोधक हो, जसले समष्टिमा जीवन र जगत्लाई प्रबोधन गर्दछ यस कुराको उपमेय यो कृतिलाई "राम रावणयो युद्ध राम रावणयो इव का रूपमा नेपाली साहित्यको जगत्‌मा स्थापित हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । -खेमनाथ दाहाल

All Editions

9789937198158
Paperback
ISBN13: 9789937198158
Milap Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review