Aba Yasto Kahilyai Nahos

Aba Yasto Kahilyai Nahos

अब यस्तो कहिल्यै नहोस्

Paperback
Rs 398
Genre:Nepali History
Language: Nepali
Published:2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665407
ISBN10:993766540X
Pages:315
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रुपमा सुम्पिएका थिए ।

तर उनको मृत्युपश्चात् नेपालमा घात प्रतिघातका अनेकौं शृङ्खला चलिरहे । शिक्षा, उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरी देशका सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउँदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहे । फलतः समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो । 

घातप्रतिघातका शृङ्खला रोकिऊन्, यस्ता घटना कहिल्यै नदोहोरिऊन् भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस् प्रकाशन गरिएको थियो । तर इतिहास दोहोरिँदो रहेछ,जुन राजा वीरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो ।