Aashaka Rangharu
Aashaka RangharuAashaka Rangharu

Aashaka Rangharu

आशाका रङहरू

E-book
Rs 75
Paperback
Rs 225Rs 250
Genre:Poetry
Language: Nepali
Published:May 2018
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937027359
ISBN10:9937027357

पछिल्लो बाहिरी पृष्ठबाट

धरान फुस्रे बजारमा जन्मिएकी आमा सम्रती देवान र तेह्रथुममा जन्मिएका पिता पहलमान लिम्बूका काखबाट धरानस्थित लक्ष्मीचोकमा जन्मिन पुगेकी आशा लिम्बूको दीर्घकालीन कविमनका अनुभवहरूभित्र विकसित तरङ्गका रूपमा आशाका रङहरू तयार भएको छ । यहाँ जीवन सङ्घर्षका अनेकौं आरोह-अवरोहहरूको सूक्ष्म निरीक्षण छ; राष्ट्र, राष्ट्रियता र मातृत्वप्रतिको अनन्य अनुराग छ र समकालीन युगीन विकृति-विसङ्गतिहरूको दिग्दर्शनसहित बौद्धिक गहिराइको सङ्केत छ । त्यस्तै कतै प्रगतिचेतको रमरम स्पर्श वा अस्तित्ववादी चिन्तनको आन्तरिक प्रवाहसँगै नारीवादी स्वरहरूको अभिव्यक्ति र नेपाली जीवनका वास्तविक भोगाइजन्य अनुभूतिहरू, प्रवासनको प्रभाव, चाडपर्व तथा सांस्कृतिक पक्षहरूको समेत सम्मिश्रण छ ।

आशाका कविताहरू कवितात्मक आयामका दृष्टिले प्रभावकारी र सन्तुलित छन् । लालित्यपूर्ण शब्दसंयोजन तथा सरल-सम्प्रेष्य भाषाशैलीको प्रयोगका कारण ती आस्वाद्यसमेत बनेका छन् । प्रायः आन्तरिक लयात्मकताबाट अनुप्राणित आशाका कविताहरू मुक्तलयधर्मी सरल संरचनाका प्रतीकमैं देखिन्छन् । अतः अनुभूतिको तीव्रता र वैचारिक सघनतालाई कवित्वपूर्ण ढङ्गबाट मुखरित गर्न सक्ने प्रतिभाशाली दार्शनिक सम्भावनाका रूपमा आशाका कविताहरूलाई लिन सकिन्छ ।

- डा. लेखप्रसाद निरौला