Aantarik Vibhedko Britanta's front cover

Aantarik Vibhedko Britanta

आन्तरिक विभेदको वृत्तान्त: दलित र गैरदलितभित्रका विभेद र छुवाछुत्
Aantarik Vibhedko Britanta's front coverAantarik Vibhedko Britanta's back cover

Paperback

Rs 450

Delivery in 1-3 days

पुस्तकको बारेमा

जात तागाधारीका लागि प्रगतिको सिंढी, दलितका लागि दुर्गतिको दलदल । गैरदलितले दलितलाई गर्ने विभेदको कुरा धेरै उठ्छ । तर दलित समुदायभित्रका विभेदको कुरा उठ्यो कि 'तै चुप मैं चुप' हुन्छ । जातव्यवस्थाबाट दलित मात्रै होइनन्, गैरदलित पनि पीडित छन् । तर जातव्यवस्थाले पीडाभन्दा बढी सुविधा दिएकोले जातप्रति गर्व गर्ने प्रवृत्ति छ । जातव्यवस्थाकै कारण बाहुनले बाहुनलाई छुवाछूत गर्छन्, दलितले दलितलाई । यस्तो आन्तरिक विभेदले उठाएका प्रश्नमा नाजवाफ भइरहने र घोसेमुन्टो लगाएर भाग्ने छूट छैन । प्रश्न गर्ने र जवाफ खोज्ने प्रयास हो : 'आन्तरिक विभेदको वृत्तान्त'

मेघराज रसाइली डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनीसँग समसामयिक राजनीति, सुशासन, सामाजिक न्याय र सीमान्तीकरणजस्ता विषयमा काम गरेको अनुभव छ।
 

All Editions

9789937918572
Paperback, 1st Edition
ISBN13: 9789937918572
Samata Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review