Aankhi Jhyaalbata Nepalko Raajniti-2
Aankhi Jhyaalbata Nepalko Raajniti-2Aankhi Jhyaalbata Nepalko Raajniti-2

Aankhi Jhyaalbata Nepalko Raajniti-2

आँखीझ्यालबाट नेपालको राजनीति भाग २

Paperback
Rs 985Rs 1095
Genre:Politics & Government
Language: Nepali
Published:October 23, 2022
Edition:1st

पछिल्लो बाहिरी पृष्ठबाट

समकालीन राजनीतिमा घटेका महत्वपूर्ण घटना अनि चर्चित प्रसङ्ग समेटेर इन्जिनियर महेन्द्र पराजुलीले लेखेको ‘आँखीझ्यालबाट नेपालको राजनीति, भाग–२’ पुस्तक ऐतिहासिक समष्टि दस्तावेजको रूपमा रहेको छ । लेखकको भाग–१ पुस्तक पनि गम्भीर, अध्ययन लायक र सङ्ग्रह योग्य रहेको छ । त्यसमा समकालीन नेपालको राजनीतिको मोटामोटी इतिहासको बयान दिने प्रयत्न गरिएको छ । त्यसैले ऐतिहासिक अध्ययनका दृष्टिले त्यो महत्वपूर्ण पुस्तक बन्न गएको छ । अब पाठकहरूका सामु भाग–२ आएको छ । यसमा समावेश गरीएका सामग्री र चलाइएका बहसले नेपालको एउटा कालखण्डको राजनीतिक परिस्थितिलाई बुझ्नका लागि धेरै मद्दत पुर्‍याउने कुरा स्पष्ट छ । त्यसैले यो पुस्तकको पनि राजनीतिक र ऐतिहासिक दुवै प्रकारले महत्व रहेको छ ।

मोहनविक्रम सिंह