Aadivasi Bidroha ko Itihas
Aadivasi Bidroha ko ItihasAadivasi Bidroha ko Itihas

Aadivasi Bidroha ko Itihas

आदिवासी विद्रोहको इतिहास

E-book
Rs 210
Paperback
Rs 399
Genre:History
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712675
ISBN10:993771267X
Weight:150 g

पुस्तकको बारेमा

शासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । पूर्वमा राई, लिम्बुहरुले, पश्चिममा मगरहरुले, रसुवामा भोटेहरुले, काभ्रेमा तामाङहरुले संगठित विद्रोह गरेका थिए । ती विद्रोहहरुलाई राज्यले रगतको खोलो बगाउँदै निर्मम दमन गरेको थियो । दमनको इतिहासलाई राज्यसत्ताले इतिहासमा पनि लुप्त बनाउँदै आयो । यो पुस्तक तिनै बिद्रोह र दमनका बारेमा छ ।

शासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । लिम्बु विद्रोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर र गुरुङ विद्रोह (१९३३) यसका केही उदाहरण हुन् । ती विद्रोहलाई राज्यले रगतको खोलो बगाएर बर्बरतापूर्वक दबायो । सयौंको नरसंहार भएका ती घटनालाई इतिहासबाट पनि लुप्त बनायो । यो पुस्तक दबाइएको इतिहासको अन्वेषण हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

नाइजेरियाका साहित्यकार चिनुआ अचेबे पुराना उखान सम्झंदै भन्ने गर्थे- 'जबसम्म सिंहहरूका आफ्नै इतिहासकार हुँदैनन्, तबसम्म शिकारको इतिहासले शिकारीहरूको सौर्यगाथा गाइनै रहनेछ ।'

शिकारीहरूको महिमामण्डनको बाढीबीच पनि शिकारहरूका पीडा र प्रतिरोधको कथा लेख्ने कोसिस शुरू भएको छ । विजयी र विलाशी शासकहरूको इतिहास भूपी शेरचनलाई जस्तै गलत लागेकाले राजकुमार दिक्पालले पनि शिकारहरूका प्रतिरोधको इतिहास लेख्ने जमर्को गरेका छन् ।

पत्रकारबाट इतिहासका लेखक बनेका दिक्पालले लेखेको इतिहासमा आदिवासी जनजातिहरूमाथि भएका दमन र संहारका लुकाइएका तथ्य समावेश छन् र सङ्ग्रहित छन्पराजित र पीडितहरूका विद्रोह र प्रतिरोधका दबाइएका सत्य पनि । शाही/सरकारी/संस्थापन इतिहासकारहरूले बेवास्ता गरेका सत्य-तथ्य सिलाजस्तै खोतल्दै, भुइँतहका जनताको अलिखित इतिहास लेख्ने काम जतिसुकै कष्टसाध्य भए पनि सराहनीय कर्म हो ।

- राजेन्द्र महर्जन