Delivery in 1-3 days
श्रीमान्को जीवनलीला समाप्त उनको देउताप्रति । वनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको आफ्नो पनि पर्वाह छैन । केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ। संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, मस्टा बाबासँग ।
"हे देउराली देवी, हे बाइभाइ मस्टा ! यैका बाबुले जाल पार्यो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो । आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्याँ । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु । यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।"
उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा ।
हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौं, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौं । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुऱ्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निथुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ?
"कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौं अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ ।"
यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरें ।
Your review helps others make informed decisions
Click on a star to start your review