बकैया-५, पावस, मकवानपुरमा जन्मिएका सुवास खनाल (२०४३) कविता-लेखनमा २०५७ सालदेखि क्रियाशील छन् | साहित्यिक सङ्घ-संस्थाहरूको नेतृत्व गर्दै आएका खनाल 'गजल मञ्च मकवानपुर'का संस्थापक सचिव, 'साहित्य सङ्गम मकवानपुर'का पूर्वअध्यक्ष, 'श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान'का संस्थापक सचिव, 'प्रलेस नेपाल'का राष्ट्रिय परिषद् सदस्य र 'चितवन एसोसिएसन अफ फिजिक्स स्टुडेन्ट्स'का पूर्वउपाध्यक्ष हुन् । 'झरना' साहित्यिक अर्धवार्षिकका प्रधान सम्पादक रहिसकेका खनाल 'टिम टेलिभिजन' हेटौँडाको 'सिर्जनाका सुसेली' साहित्यिक कार्यक्रम चलाउँछन् । मा.वि.तह विज्ञान विषयका स्थायी शिक्षक यिनको कथा, निबन्ध र समीक्षा-लेखनमा पनि राम्रो कलम चल्छ | सपनाका अवयव (२०७७) अघि खनालको विचारको उल्टो नदी (२०७१) कविता-सङ्ग्रह प्रकाशित थियो ।