Shashi Thapa Pandit

Shashi Thapa Pandit

शशी थापा पण्डित

समाज र संस्कृतिको अध्यताका रुपमा लामो समयदेखि सक्रिय शशी थापा पण्डित ११ वर्ष उमेरदेखि नै साहित्य सिर्जनमा लागेकी हुन्। भक्तपुर कटुन्जेमा २०३२ सालमा जन्मिएकी उनले बाल्यकालमै साहित्यिक ‘माहोल’ देखिन्। घरछेउमै रहेको साहित्यकार चक्रपाणि चालिसेको सालिकमा हरेक कात्तिकमा देशका ठूला साहित्यकार माल्यार्पण गर्न आउँथे। उनीहरु कविता वाचन गर्थे। त्यसैबाट प्रभावित उनले सुरुमा कथा लेखिन्। त्यसपछि कविता र फुटकर निबन्ध प्रकाशित हुन थाले। ‘मेरी छोरी सहिद भइछे’ र ‘प्रेमको बकपत्र’ उनका कवितासंग्रह हुन्। ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ उनको अर्को कृति हो।

Books Authored by Shashi Thapa Pandit