Nayan Raj Pandey

Nayan Raj Pandey

नयनराज पाण्डे

काठमाडौँको प्युखा टोलमा २०२३, २७ जेठमा जन्मिएका नयनराज पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् । आफ्ना कृतिहरूमा रमाइलो पारामा गम्भीर विषय उठान गर्न खप्पिस आख्यानकार पाण्डे उत्कृष्ट लेखन शैलीका कारण भाषाका जादूगर मानिन्छन् । कथा लेखनमा उनी समकालीन परिदृश्यमा आफ्नो आक्रामक तेवरसहित सरल, शिल्प, छरितो भाषा र तीक्ष्ण व्य‌ङ्ग्यचेतका कारण सर्वथा पृथक् देखिन्छन् । उनी सधै समाजका सीमान्तकृत 'सबाल्टर्न' पात्रहरूलाई केन्द्रमा राखेर लेख्छन् । आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ । Nayan Raj Pandey is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, presented in a figurative style. Ulaar, Loo, Ghamkiri, and Sallipir are Pandey's most-liked novels. He received the Padmashree Sahitya Puraskar for his autobiographical book Yaar in 2017.

नयनराज पाण्डेले जियराको लागि वि.स. २०७७को Karnali Sahitya Samaj Kriti Puraskar र यारको लागि वि.स. २०७४को Padmashree Sahitya Puraskar प्राप्त गरेका छन्।

Nayan Raj Pandey has won Karnali Sahitya Samaj Kriti Puraskar for Jiyara in 2077 BS and Padmashree Sahitya Puraskar for Yaar in 2074 BS.

Books Authored by Nayan Raj Pandey

Books Edited by Nayan Raj Pandey

Awards Won