कृष्णचन्द्रसिंह प्रधान नेपाली साहित्यका प्राज्ञ, समालोचक हुन् । उनको जन्म नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । वि.सं. २००८ सालमा भन्ज्याङनिर कवितासङ्ग्रह छपाएर देखापर्ने उनले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्द्रित गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक रहेका प्रधानका कवि व्यथित र काव्य साधना वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको सालिक निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा नेपाली उपन्यास र उपन्यासकार नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति सिर्जनाको सेरोफेरो प्रकाशित भएको थियो । अनाम सत्य प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा पाइलाः आगतमा टेकेर उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह वाग्मतीको हरक (वि.सं. २०५७), नफर्कने ती दिनहरू (वि.सं. २०५९), जीन्दगी टिपोटहरू (वि.सं. २०६३) र समय सुनामी (वि.सं. २०६३) हुन् ।
Krishna Chandra Singh Pradhan (1928–2010; 1982–2067 BS) was a famous litterateur and critic of Nepal. Pradhan's literary career has been recognized with prestigious awards like Madan Puraskar, Sajha Puraskar, which he won two times, and Uttam Puraskar.