खगेन्द्र गिरी मूलतः प्रयोगवादी कथाकार हुन् । स्वैरकल्पना उनको साहित्यिक उपकरण हो । यसलाई
उनले बिलकुल उडन्ते र हावादारी तवरले प्रयोग गरेका छैनन्, बरु यथार्थ बयान गर्ने प्रभावशाली औजारका रूपमा प्रयोग गरेका छन् । उनले आफ्ना कथामार्फत सामाजिक, आर्थिक, राजनीतिक, नैतिक सबै खाले सङ्कट र आम मान्छेका जीवनमा तिनका असरलाई विषयवस्तुका रूपमा समेटेका छन् । सामान्य प्रतीत हुने पात्रहरूको आँत कति खुङ्खार र भयावह हुन सक्छ, उनका केही कथा पढेपछि पाठक झसङ्ग र झल्याँस्स हुन सक्छन् । सहर र सहरी जीवनका कटुता र निर्ममता पनि उनको कथाको विषय हो ।
खगेन्द्र गिरीले भग्न प्रेमशालाको लागि वि.स. २०८२को साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार प्राप्त गरेका छन्।
Khagendra Giri has won the Sahityapost Uttam Akhyan Puraskar for Bhagna Premshala in 2082 BS.