Khagendra Giri

Khagendra Giri

खगेन्द्र गिरी

खगेन्द्र गिरी मूलतः प्रयोगवादी कथाकार हुन् । स्वैरकल्पना उनको साहित्यिक उपकरण हो । यसलाई
उनले बिलकुल उडन्ते र हावादारी तवरले प्रयोग गरेका छैनन्, बरु यथार्थ बयान गर्ने प्रभावशाली औजारका रूपमा प्रयोग गरेका छन् । उनले आफ्ना कथामार्फत सामाजिक, आर्थिक, राजनीतिक, नैतिक सबै खाले सङ्कट र आम मान्छेका जीवनमा तिनका असरलाई विषयवस्तुका रूपमा समेटेका छन् । सामान्य प्रतीत हुने पात्रहरूको आँत कति खुङ्खार र भयावह हुन सक्छ, उनका केही कथा पढेपछि पाठक झसङ्ग र झल्याँस्स हुन सक्छन् । सहर र सहरी जीवनका कटुता र निर्ममता पनि उनको कथाको विषय हो ।

खगेन्द्र गिरीले भग्न प्रेमशालाको लागि वि.स. २०८२को साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार प्राप्त गरेका छन्।

Khagendra Giri has won the Sahityapost Uttam Akhyan Puraskar for Bhagna Premshala in 2082 BS.

Books Authored by Khagendra Giri

Awards Won