Govinda Gajurel

स्कूले जीवनदेखि नै साहित्य-सिर्जनामा लाग्नुभएका गोविन्द गजुरेलले कलिलो उमेरमै शिक्षक हेडसर बनेर १७ वर्ष बिताउनुभयो । त्यसपछि २४ वर्ष प्राविधिक शिक्षा (सिटिइभिटी) र ५ वर्ष प्रकृति संरक्षण (राष्ट्रिय प्रकृति संरक्षण कोष) क्षेत्रको नेतृत्व गर्दै कुशल र सफल व्यवस्थापकको छवि बनाउनुभयो।
यसबीच उहाँका 'व्यावहारिक नेपाली' (पाठ्यपुस्तक, सहलेखन), ‘पशुस्वास्थ्य हाते पुस्तक' (सम्पादन), 'प्रकाशः मानव अधिकार मोर्चाका अथक् योद्धा' (२०५५, सहलेखन/सम्पादन) का साथै समालोचनात्मक कृति 'उमानाथ शास्त्री सिन्धुलीयः एक विश्लेषणात्मक अध्ययन (२०५७) र 'ऋषिराज देवकोटा आजादः नेपाली क्रान्तिका अभिमन्यु (२०७५, सम्पादन) प्रकाशित भए ।
हेडमास्टरी छाडेको तीन दशकपछि पनि उहाँ कार्यरत रहेका ठाउँमा 'हेडसर ब्रान्ड अझै उहाँकै नाममा स्थापित छ । 'अनि हेडसर हिँडे' सोही कालको संस्मरणात्मक तस्वीर हो । आख्यानात्मक शैलीमा लेखिएकाले यो पुस्तक वास्तविक कथाहरूको सङ्ग्रहमैं प्रतीत हुन्छ
स्कूले जीवनदेखि नै साहित्य-सिर्जनामा लाग्नुभएका गोविन्द गजुरेलले कलिलो उमेरमै शिक्षक हेडसर बनेर १७ वर्ष बिताउनुभयो। त्यसपछि २४ वर्ष प्राविधिक शिक्षा (सिटिइभिटी) र ५ वर्ष प्रकृति संरक्षण (राष्ट्रिय प्रकृति संरक्षण कोष) क्षेत्रको नेतृत्व गर्दै कुशल र सफल व्यवस्थापकको छवि बनाउनुभयो।
यसबीच उहाँका 'व्यावहारिक नेपाली' (पाठ्यपुस्तक, सहलेखन), ‘पशुस्वास्थ्य हाते पुस्तक' (सम्पादन), 'प्रकाशः मानव अधिकार मोर्चाका अथक् योद्धा' (२०५५, सहलेखन/सम्पादन) का साथै समालोचनात्मक कृति 'उमानाथ शास्त्री सिन्धुलीयः एक विश्लेषणात्मक अध्ययन (२०५७) र 'ऋषिराज देवकोटा आजादः नेपाली क्रान्तिका अभिमन्यु (२०७५, सम्पादन) प्रकाशित भए ।
हेडमास्टरी छाडेको तीन दशकपछि पनि उहाँ कार्यरत रहेका ठाउँमा 'हेडसर ब्रान्ड अझै उहाँकै नाममा स्थापित छ । 'अनि हेडसर हिँडे' सोही कालको संस्मरणात्मक तस्वीर हो । आख्यानात्मक शैलीमा लेखिएकाले यो पुस्तक वास्तविक कथाहरूको सङ्ग्रहमैं प्रतीत हुन्छ।

 

Books by Govinda Gajurel