Ani Head sir Hinde

Ani Head sir Hinde

अनि हेडसर हिँडे

Paperback
Rs 500
Genre:Biography & Memoirs, Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937092609
ISBN10:9937092604
Pages:344
Dimensions:5.3 x 8.5 x 0.6 inches
Weight:316 g

पुस्तकको बारेमा

दई दशक वर्ष बढी बिते- आफ्नै गफगाफ लेख्ने इच्छा जागेको।
त्यसै पनि कहिलेकाहीँ संस्मरण लेखिन्थ्यो। खास गरेर जब कसै/कतैबाट अनुरोध आउँथ्यो । व्यवस्थापनका सिद्धान्तबारे चर्चा गर्दा बारम्बार 'आफ्नो कथावाचक आफैं बन' (Tell Your Own Story) सूत्र स्मरण गरिन्थ्यो ; गराइन्थ्यो । चौवालीस वर्षे (बीचमा परामर्श सेवाका तीन वर्ष घटाउँदा) जागिरे जीवन, धेरैजसो कार्यकारी प्रमुखको पट्यारलाग्दो दैनिकीबाट विश्राम लिएपछि बल्ल अन्तरहृदयमा बाँकी रहेका कार्यभार पूरा गर्नतर्फ अग्रसर भइयो । यस क्रममा सर्वप्रथम लामो समयदेखि सम्पादनको पर्खाइमा रहेको ऋषिराज देवकोटा 'आजाद': नेपाली क्रान्तिका अभिमन्यु स्मृतिग्रन्थ प्रकाशनमा ल्याएपश्चात् आफ्नै डोरोबाटो आफ्नै कथातर्फ सोझियो । लक्ष्य निर्धारण गर्दै अनि पाइलैपिच्छे पर सार्दै गर्दा बल्ल पालो पाएको थियो यसले।
लेख्दै जाँदा अरूले कसरी आफूलाई प्रस्तुत गर्दारहेछन् भन्ने थप चासो जाग्दोरहेछ । दुई दर्जनभन्दा बढी आत्मवृत्तान्तात्मक कृति त पहिल्यै पढिसकेको रहेछु; अहिले थप्दै जाँदा सय पो नाघिसकेछन् ! Sir.
BIshnu Bhandari has just arrived.पाठक र श्रोता पाए आत्मकथावाचन जत्तिको सजिलो लेखन के हुन्थ्यो र जस्तो लाग्थ्यो, होइन रहेछ। 'सोचेजस्तो सजिलो केही हुँदैन' भन्ने कथनै छ, लेख्ने कर्म पनि त्यसै कोटीमा पर्ने रहेछ।
आफ्ना कुरा आफैले भन्नु सजिलो अवश्य हुँदोरहेछ, त्यसमा केवल आफूप्रति इमानदार भइदिए पुग्ने ! तर, त्यससँग जोडिएका अन्य व्यक्ति, त्यसमा पनि नकारात्मक भूमिका भएका तर समय-सन्दर्भमा उल्लेख गर्नु अत्यावश्यक