Basanta Shrestha

बसन्त श्रेष्ठ

वसन्त श्रेष्ठ ( बि.स. २०१२ साल फाल्गुण ४ गते, बसन्त पञ्चमी म्याङ्गलुङ बजार, तेह्रथुम) विदेशमा रहेर नेपाली साहित्यको सेवा र साधनामा समर्पित प्रतिभा हुन् । न्यू ह्याम्पसाएर बिश्वबिद्यालय, अमेरिका एम.ए. अर्थशास्त्र गरेका छन् । हाल उनी भर्जिनिया, अमेरिकामा बसोबास गर्छन् ।

उनका बसन्त श्रेष्ठका कविता (कवितासङ्ग्रह, २०६४ ), भावनाका लहरहरू (कवितासङ्ग्रह, २०६६ ), उज्यालो खोज्ने आवाजहरू (कवितासङ्ग्रह, २०६७), अर्को गोलार्धमा उभिएको मान्छे ( कवितासङ्ग्रह) २०७७) जस्ता कृतिहरू प्रकाशित छन् । उनका यी कृतिका अतिरिक्त बिभिन्न पत्र पत्रिकामा लेख तथा रचना प्रकाशित छन् । उनले समीक्षा क्षेत्रमा पनि हात हालेका छन् ।

Books by Basanta Shrestha