कहिलेकाहीँ अाफैसित अचम्मित हुन्छु म
कहिलेकाहीँ अाफैसित भयभीत हुन्छु म
ती मानिसहरू किन मेरो बाडुल्कीमा बल्झन्छन् ?
मेरो सम्झनाको यात्रामा किन पाइलैपिच्छे अल्झन्छन् ?
उनीहरू जलेका थिए
त्यसैले उनीहरूलाई थाहा थियो
यादहरूले खजमजिएको छातीमा कोर्नुपर्छ
वा सधैं-सधैं भिजिरहने आँखाको पर्दामा कोर्नुपर्छ सलाई ?