फतक्क गलेको राजमाझैँ
लतपतिइरहेँ
चाहनाहरुसँग,
आलुझैँ
जहाँ पनि समाहित भैदिन
तयार भैदिएँ
सबैका रहरहरुसँग ।
जुन आकार,
जुन स्थान
जहाँ जस्तो आवश्यकता हुन्छ
त्यही अनुकूल बन्न सकूँ
भनी पानी बनिदिएँ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.