बिन्दुका पनि बिन्दुहरू हौँ हामी
हामी हाम्रै खसेका छायाहरू भन्दा निक्कै मधुरो छौँ
चुडिँदै-जोडिँदै बगिरहेका
धुँवाका धर्साहरू भन्दा पनि एकदम कफलो छौँ
बन्दै-भत्किँदै जाने
बटुवा-बादलका आकृतिभन्दा बिल्कुल निम्छरो छौँ
यो बिजुलीको खम्बामा पछारिरहेको
बतासको हिक्काभन्दा पनि क्लान्त छौँ
भुइँमा ओछ्यान लाइरहेको प्रकाशको काँपिरहेका
औँलाहरू भन्दा पनि निरीह छौँ