खै कुन भूगोलबाट
भागेर आयो एउटा आगन्तुक चरा
बस्यो मेरो कङ्क्रिट कौसीमा
हेर्यो पल्याकपुलुक चारो वरपर
देख्यो टल्किने सिसामा आफ्नै प्रतिविम्ब
उडेर गयो भुर्रर फेरि अर्कै भूगोलतिर
छुटिगएछ उसको एउटा प्वाँख
सँगै छोडिगएछ एउटा सन्देश
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.