भयानक कत्ति पनि छैन ऐठन
ब्यर्थै उसको अनुहार कल्पिएर
त्रस्त हुन्छौं हामी
बस !
सम्झौता हो भयानक
सम्झनाभन्दा एकदम भयानक
अब हामी
यहीँनेर एकचोटि संगै मुस्कुराऔँ
अब हामी
यहीँ देउरालीबाट उल्लासपुर्वक छुटौँ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.