सम्झना रहेछ जिन्दगी
बाँचेको छु सम्झेर !
जस्तो कि स्वैच्छिक मृत्यु नै किन प्यारो भयो आमालाई
कारण जे होस्, हावामा विलीन भइसकेकी आमा
सम्भव छैन मैले फेरि पाउन
तर जब हावाको बुई चढेर बादल कुद्न थाल्छ पहाडमा
गड्याङ र गुडुङ पड्किँदै आकाशले
झिलिक र मिलिक
धरतीका कुना–कुना बत्ती फाल्छ
मानौँ, मेरी आमा खोजिरहेछिन् मलाई नै