घरमा अनिकाल लाग्दा
अनाज किन्ने पैसा
घरदेशमा भोकमरीले सताउँदा
राहत बाँड्ने रकम
भवितब्य र दैवीप्रकोपले जन्माएका
अनेकौँ राष्ट्रिय विपदहरूमा
चन्दा तथा मालसामान
शरीर बन्धक राखेर पठाउँछन् सपुतहरू
मुगलानकै भरमा चल्छ मुलुक
रेमिट्यान्सको रिमोट कन्ट्रोलबाट
स्वदेशमा उपेक्षित उर्वर पसिनाले
सुगन्धित नदी बगाउँछ बिदेशमा
सायद त्यही मलिलो पसिना मिसिएर
समुद्र नुनिलो भएको हो,
सोहि पसिनाको नुन चटाएर पोषिलो
राष्ट्रियता तङ्ग्रिएकोछ जसोतसो
कुपोषणले जीर्ण बिचरो राष्ट्रियता