अनन्त ब्रह्माण्डमा सगौरव बाँचिरहेको
पृथ्वीको हत्या गरिदिए मानिसहरूले !
आएका छौँ अन्तरिक्ष यानमा सवार भएर
यस अपरिचित मङ्गल ग्रहमा
पृथ्वीसँग अन्तिम बिदा मागेर रुँदै रुँदै,
यही सोच्दै
कि यहाँ
पृथ्वीमा जस्तो बाँच्न अप्ठेरो हुने छैन !
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.