कहिले आउने हो समय
जिन्दगीमा बहार उपहार लिएर
समयको प्रतीक्षा गर्दागर्दै
मेरो मङ्गोलियन अनुहारमा पलाएको
कन्फ्युशियसको जस्तै छुस्स परेको
दुईचार पोयो दाह्री फुलिसके
चाउरिँदै गएको अनुहारमा कोरिएका रेखाहरू
भत्किनेगरि खुशीको अट्टहास हाँसो हाँसेर
दु:खको सीमाना मिचेर सुख चुम्ने इच्छा आकाङ्क्षाहरू
सूर्यास्त हुनैलागेको अस्ताचल पर्वतजस्तै
मौनताको गोधूलि उदासिनता ओकलिरहेछु
e-Kavita by nepa~laya is an initiative sustained through an annual
subscription. Please subscribe to be part of this initiative and enjoy
periodic flow of poems on this platform.