यसपालिको जनगणनामा
स्वात्तै घट्यो मानिसहरूको जनसंख्या
बढ्यो ह्वात्तै पत्थरहरूको आबादी
हरेक रात बसेर जाग्राम
ढुकिरहन्छन् बाटोभरि पत्थरहरू
झिसमिसेमै घाम टिप्न हिंडेका पाइतलाहरूलाई
उक्काइदिन्छन् नङहरू
र अट्टहास गर्छन् रगतको अभिषेक लिएर
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.