आफ्नो लट्टाईबाट
धागो चुँडालेर उडेको चङ्गा
छिमेकीको छानो, तल्लो गराको आकाश
डाँडाको देवल हुँदै
गाउँको सिमानाबाट
छेलिँदै गयो
त्यसपछि
बार्दलीबाट-
एउटा कप्कपाएको बुढो आवाज
कसैको खोजीमा गुञ्जिरहन्छ
प्रत्येक दिन
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.