सिद्धार्थ होइन म
म हुन सक्दिनँ बुद्ध
न त ध्यानमा निर्लिप्त कुनै श्रमण नै हुँ
जसले,
कुनै दिन प्राप्त गर्नेछ बुद्धत्व
तर,म बकुल्लो हुँ ध्यान गरिरहेको
त्यसैले म
केही त अवश्यै हुनसक्छु बकुल्लाहरूका बीचमा
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.