तिमीसँगै रहन
तिम्रो सपनामा सुरक्षित थिएँ म
तर,
तिमीले नै सार्यौ मलाई
आफ्नो गर्भाशयमा
एउटा कोष
एउटा विन्दु
अथवा
ब्रह्माण्डमा पत्ता लाग्न बाँकी कुनै ग्रहझैँ
म रहन चाहन्थेँ तिमीभित्रै
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.