मान्छे नभएको संसार त थियो नै
कल्पनै गरिरहनु परेन
घामले खाएका आदिम चुम्बनहरूको स्मरण गर्दै
पानीमुनिको लेउलाई बाजेबजै भनेर दण्डवत गरे भैगो
पुच्छरधारी बाँदरहरूलाई भेटेर
तीनलाख वर्ष अघिको भातृप्रेम साटासाट गरे भैगो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.