सारा बुद्धि र प्रज्ञाभन्दा निम्नकोटी ठहराइएको
कुटिल चाल र दाउहरूको भाइ बनाइएको
एउटा पुस्तैनी सम्पत्ति छ मसँग- झोँक
हो, मसँग त्यस्तो झोँक छ
आगो सहेर-सहेर उब्रिएको
बाँसको झ्याङसित फेरि-फेरि
आफ्नै आकारमा आउनेजस्तो सहनशील झोँक छ
टुप्पो भाँचिएर उब्रिएको चिउरीको बोटसँग
फेरि फुल्ने जुन चुपचाप झोँक छ
हो, मसँग त्यस्तो झोँक छ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)