हाम्रो जुनी
के रैछ र, जूनकीरी !
बस्, एक बाकस अन्धकार
म छु अब यो बाकसभित्र
चकमक, झुलो र झिल्काहरूको तिर्खाले खरिएको छ आँत
पाएदेखिन् पिउँथे होला घटघटी एक अम्खोरा उज्यालो
माग गरुँ कोसँग ?
जबकि गद्दीमा बसेपछि हिजोका प्रमिथियसहरू
चमेरा भएका छन्
र लीन छन् अँधरोसँग मधुमासमा
...