गहिरो साइनो छ
अलभ्य यो जीर्ण दरबारको
कप्तान किनलोकको प्रारम्भिक पराजयसँग
गहिरो सम्बन्ध छ
पुराकालीन यो फराकिलो पटाङ्गिनीको
फिरङ्गीको रक्तिरञ्जित अंशबन्डासँग,
जो एकतिर जन्माइरहेछ आज्ञाकारी दासहरू
अर्कोतिर हुर्काइरहेछ हुकुमी मालिकहरू ।
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.