साँझहरू
उदासीको गीत गाउँछन् भनेको, होइन रहेछ
बिहानहरू
सँधै आशा बोकेर ब्युँझन्छन् भनेको पनि, होइन रहेछ
दिनहरू
यात्राका लागि उज्यालो लिएर आउँछन् भनेको, होइन रहेछ
रातहरू
कम्बल ओढेर निदाउँछन् भनेको पनि, होइन रहेछ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.