महाशय ! चमर हम्किनु तपाईंको आदिम रुचि हो
तर, म तपाईंलाई चमर हम्किन सक्दिन
यो मेरो नैसर्गिक स्वभाव होइन
म मेरो लाचारीपन, दुर्बलता र भोक
तपाईंको अगाडि पस्किएर लम्पसार पर्न सक्दिन
मलाई आफ्नो दुःख स्याहार्दा-स्याहार्दै
तपाईंलाई एक झमट हेर्ने समेत फुर्सद छैन
म तपाईंलाई कसरी चमर हम्किन सक्छु ?